काठमाडौँ– यमाहा कम्पनीले नेपालमा चलिरहेका विभिन्न मोडलका १९ भेरियन्टको मूल्य बढाएको छ। कम्पनीले नेपालमा मोटरसाइकल र स्कुटरको मूल्य बढाएको हो।
कम्पनीले बिक्री गर्दै आएको रे–जेड, फेसिनो युबीएस, जेड आर स्ट्रिट, जेड आर डिस्क र स्ट्रिट र्याली स्कुटर साथै सबै मोडलको कम्तिमा पाँच हजार मूल्य बढाएको यमाहाले जनाएको छ। सबैभन्दा सस्तो बाइकको रुपमा चिनिएको यामाहा सलुटो ड्रमको मूल्य बढेर २ लाख ३ हजार ९ सय पुगेको छ।
चालु आर्थिक वर्ष २०७६ र ७७ मा नेपाल भित्र्याएको नयाँ ५ मोडलका बाइकहरुको मूल्य पनि कम्पनीले सार्वजनिक गरेको छ।
मूल्य यसप्रकार छ;
- एफजेडएस एफआई भी थ्री३ लाख १८ हजार ९ सय
-एफजेड २५ डबल च्यानल एबीएसको ४ लाख २९ हजार ९ सय
-मोटोजिपी डबल एबीएसको ४ लाख ३९ हजार ९ सय
-एमटी १५ को ४ लाख २९ हजार ९ सय
-आर १५ भी थ्री मोटोजिपीको ४ लाख ५९ हजार ९ सय मूल्य तोकेको छ।