बारा – पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बाराको निजगढ—पथलैया सडक खण्डको निजगढमा बस दुर्घटना हुँदा नेपाली सेनासहित ३३ जना गम्भीर घाइते भएका छन्।
जनकपुरबाट भैरहवा जाँदै गरेको ना ४ ख ७९९० नम्बरको यात्रु बस निजगढको उनासी पुलबाट खोलामा खसेको हो। बसका सवार धनुषा रणभीम गणका नेपाली सेनाका जमदार कृष्ण श्रेष्ठ, लेसनायक प्रकाश कार्की, लेसनायक सानुबावु कार्की, महादेव चौधरी, सिपाही अंजना राई, ९ नम्बर बाहिनी अड्डाका सिपाही भरत विक लगायत गम्भीर घाइते भएको बारा प्रहरीले जनाएको छ।
नेपाली सेनाका ३ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ। निजगढ अस्पतालमा घाइतेहरुको सघन उपचार गरी थप उपचारका लागि बिरगञ्ज पठाईएकोे छ।