काठमाडौं— ९० हजार घुस लिँदालिँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी निरीक्षक रामकिशोर साह रंगेहात पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई घुससहित पक्राउ गरेको हो। बिहीबार जनकपुर महानगरपालिका–८ स्थित सीता प्यालेस होटलबाटबाट उनलाई पक्राउ गरिएको हो।
अख्तियारको टोलीले उनलाई ठगी मुद्दा मिलाइदिन्छु भनी उनले सेवाग्राहीसँग लिँदालिँदै गरेको अवस्थामा फेला परेको थियो। निरीक्षक साहमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जानकारी दिएको छ।