तस्वीरः अनलाइन खबरबाट
काठमाडौं– नेपाली चलचित्रले पछिल्लो समय नायिकालाई पहिलेको भन्दा फरक र शक्तिशाली भूमिकामा प्रस्तुत गर्दै आएका छन्। यस्तै पात्रका रुपमा प्रस्तुत भएकी नायिका हुन् सुमी मोक्तान, २ बर्षसम्म मार्सल आर्ट सिकेर चलचित्रमा काम गर्दा नव–नायिका सुमी मोक्तानको उत्साह नै छुट्टै छ। आजबाट उनी अभिनित चलचित्र ‘सरौतो’ रिलिज भएको छ। यो चलचित्र उनमै केन्द्रित छ, जसले नारीको बदलाको कथा भन्छ।
यो चलचित्रमा सुमीसँगै अभिनय गर्ने अर्का कलाकार छन्, सन्नी सिंह। सन्नीलाई सुमीसँगको प्रेमले छोपेको चलचित्रमा हेर्न सकिनेछ।दुइको केमेष्ट्री चलचित्रमा कस्तो हुनेछ, यो दर्शकको प्रतिक्रियाको आधारमा भर पर्नेछ। तर, सुमी भने दर्शकमाझ चलचित्र आउँदा उत्साहित र नर्भस छिन्।