यमन– यमनको हाउठी विद्रोही लडाकुले साउदी हेलिकप्टरलाई मिसाइलबाट खसालेको दावी गरेका छन्।जहाँ दुई पाइलटको मृत्यु भएको बताइएको छ।
यमनी सीमाक्षेत्रमा यस्तो घटना भएको हो। एक सय भन्दा धेरै हाउठी बन्दीहरु रिहा भएको भोलिपल्टै यस्तो घटना गरेको हो। हाउठी प्रवक्ता यहा सारेआले ट्वीटरमा समेत मिसाइलको माध्यमबाट हेलिकप्टर खसालेको बताएका छन्।
साउदी नेतृत्वको गठबन्धन सरकारले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन। बिहीबार मात्रै १ सय २८ जना हाउठी विद्रोहीलाई साउदी अरेबियाले रिहा गरेको थियो। रिहा भएपछि उनीहरु यमनको राजधानी साना पुगेका थिए। हाउठी विद्रोहीहरु २०१५ यता विभिन्न स्थानबाट पक्राउ परेका छन्।