एजेन्सी– चिनियाँ स्मार्टफोन मेकर कम्पनी भीभोले आफ्नो नयाँ यूजर इन्टरफेस लन्च गर्ने तयारी गरेको छ। कम्पनीले यसअघि सन् २०१४ देखि भीभो फोनहरुका लागि फनटचओएस डिफल्ट एन्ड्रोयड यूजर इन्टरफेसको रुपमा राख्दै आएको थियो। तर अब भने कम्पनीले नयाँ यूआई लन्च गर्ने भएको हो।
कम्पनीले ल्याउने नयाँ यूआईलाई जोभीओएस (JoviOS)नाम दिईएको छ। संभवत नयाँ जोभीओएस नयाँ स्मार्टफोन एक्स३० सिरिजका साथमा आगामी महिना लन्च हुनेछ। कम्पनीको नयाँ स्मार्टफोन एक्स३० सिरिज संभवत पहिलो जोभीओएससहित शिपमेन्ट हुने स्मार्टफोन हुनेछ।
सो नयाँ ओएसको लोगो पनि वेबोमा सार्वजनिक भएको छ। तर यसमा आउने नयाँ फीचरहरुको बारेमा भने अझै जानकारी आएको छैन्। नयाँ लोगो र ओएस हेर्दा भीभोले आफ्नो यूआईलाई पूर्णरुपमा रिब्राण्ड गर्न खोजेको अनुभव हुन्छ।
नयाँ ओएसका साथै कम्पनीले एक्स३० फाइभ जी स्मार्टफोन पनि ल्याउँदैछ। जसमा हेडफोन ज्याक टप लेफ्ट कर्नरमा हुनेछ। भीभो एक्स ३० सिरिज कम्पनीको पहिलो ५जी स्मार्टफोनको रुपमा आउन लागेको हो।
कम्पनीले यो फोनमा ट्रिपल रियर पेरिस्कोप क्यामरा राख्नेछ जसमा ६० एक्स हाइब्रिड जूम हुनेछ। सो फोनमा सामसंगको एक्सनोज ९८० चीपसेटका साथै ९० हर्जको एमोलेड डिस्प्ले तथा १२ जीबी सम्मको र्याम राखिनेछ।