काठमाडौं_ प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे तथ्यभन्दा पनि अतिरञ्जित कुरा बढि मिडियामा आएको भन्दै गुनासो पोखेका छन्।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले मिडियालाई जिम्मेवार र उत्तरादायी पत्रकारिता गर्न आग्रह गरे। उनले भने,‘प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था सन्तोषप्रद ढंगले तिव्र गतिमा सुधार भएको छ। आज प्रधानमन्त्रीज्यूको निजी चिकित्सक र उनकाे उपचारमा संलग्न आधा दर्जन चिकित्सकहरुले पत्रकार सम्मेलन गरेर यथार्थ जानकारी गराए।
उनको अहिलेको स्थिति के छ ? भन्नेबारे उनीअरुले सत्य, तथ्य सार्वजनिक गरेका छन्। अर्को हप्ता उनी डिस्चार्ज हुनेछन्।’ क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘प्रधानमन्त्रीले एपेन्डिसाईटिसको समस्या आकस्मिक रुपमा भोगे। अहिले उनी पूर्ण स्वास्थ्य लाभको दिशामा अघि बढेका छन्। तर, सञ्चारमाध्यमबाट बढो तिलस्वी ढंगले, बढो नयाँ तथ्य प्राप्त गरेजस्तोगरि, बढो खोज गरेजस्तोगरि जे तथ्यहरु आएका छन्, ती सान्दर्भिक छैनन्।’
उनले प्रधानमन्त्री ओली जेलमा हुँदापनि असाध्यै विरामी भएर निकै जीवन–मरणको दोसाँधबाट त्यो चरण पार गरेर २०४४ सालमा रिहाई भएको स्मरण गराए। थापाले थपे,‘उहाँको स्वास्थ्य समस्या अकस्मात् रुपमा वा अहिले अस्पताल भर्ना भएर देखापरेको होईन्। उनले ४०, ४२ वर्षदेखि विभिन्न रोगहरुको सामना गर्दै आएका छन्। वितेका १२ वर्ष यता त उहाँले मिर्गौला प्रत्यारोपण गरिसकेर यहाँसम्म आइपुगेका छन्। उनले किड्नी ट्रान्सप्लान्ट गरेको १२ वर्ष भैसक्यो। यस बीचमा अहिले भर्खरै यो किड्नीको समस्या देखापरेको जस्तोगरि कथा बुनेनन्।’
उनले प्रधानमन्त्रीको स्वास्थ्यअवस्थाबारे कथाहरु बुनिएको भन्दै गुनासो पोखे। उनले भने,‘कथा त चलचित्रलाई काम लाग्छ। तर, व्यवहारिक जीवनलाई त्यसले काम दिँदैन्। प्रधानमन्त्रीज्यू अस्पतालमा भर्ना हुनासाथ सिर्जना गरिएका डर र आतंकबाट पनि मिडिया अलि सच्चिनुपर्छ।’
एपेन्डिसाईटिसको शल्यक्रिया सामान्य कुरा भएको बताउँदै उनले यसलाई अतिरञ्जित गर्न नहुने सुझाव दिए। उनले भने,‘प्रधानमन्त्रीज्यूलाई पनि राति १ बजे पेट दुख्यो। ८ बजे अस्पताल लगियो, १२ बजे त शल्यक्रिया भैसकेको थियो। एपेन्डिसाईटिसको शल्यक्रिया भएको छ तर, मिर्गौला प्रत्यारोपण गरिएकोजस्तोगरि प्रचार गरिन्छ। जुन गलत हो। अतिरञ्जना हो। ट्विस्ट हो। यसरी चाहीँ आमसञ्चार क्षेत्र बहकिनुहुन्न।
विषयलाई ट्विस्ट गर्न हुन्न। जे हो, त्यही समाचार लेख्नुपर्यो। प्रधानमन्त्रीको स्वास्थ्य स्थिति भयंकर छ भनर भनेनन्।’ त्यतिमात्रै नभएर प्रधानमन्त्रीलाई भेन्टिलेटरमा राखिएकोबारे मिडियाले एकदम ठूला अक्षरमा समाचार छापेकोप्रति टिप्पणी गर्दै थापाले भने,‘नेपाली समाजमा भेन्टिलेटरलाई यसरी चित्रण गरिएको छ कि मानौं अब विरामीको अन्तिम अवस्था भैसक्योझैंगरि, यो त सामान्य कुरा हो। विरामीलाई रिस्क नहोस भनेर ‘ब्याक–अप’को रुपमा भेन्टिलेटर प्रयोग गरिँदै आएको छ।’
त्यस्तै, अस्पतालका एकजना चिकित्सकले पनि आतंक सिर्जना गरेको उनको टिप्पणी छ। उनले भने,‘उनका सबै अंग काम लाग्न नसक्ने हुनसक्छ भनेर आतंक मच्चाईएको छ। उनलाई संक्रमण नहोस भनेर भेन्टिलेलटरमा राखिएको हो। जनताको शुभेच्छाले उनी अहिले यो समस्याबाट पार भएर, संक्रमणबाट पार भएर आएका छन्। उनी अहिलेपनि सघन उपचार कक्षमा छन्। अबको केही दिनपछि उहाँ पूर्ण स्वास्थ्यलाभ गरेर डिस्चार्च हुनुहुनेछ।’
उनले मिडियामा गलत समाचार आएकोप्रति आक्रोश र असन्तुष्टिमात्रै पोखनन् वैयक्तिक स्वतन्त्रतासम्बन्धी व्यवस्था गर्न बनेको ऐन–२०७५ पनि पत्रकारहरुलाई सुनाए। उनले भने,‘नेपालमा एउटा कानून छ वैयक्तिक स्वतन्त्रतासम्बन्धी व्यवस्था गर्न बनेको ऐन–२०७५। त्यसले व्यक्तिका व्यैक्तिक स्वतन्त्रताहरुको संरक्षण गरेको छ। के–के कुरा गर्दा त्यो उल्लंघन हुन्छ, अतिक्रमण हुन्छ र कारबाही हुनसक्छ भन्ने सन्दर्भमा पनि यसमा व्यवस्था गरेको छ। नेपालको सञ्चार क्षेत्रले सायद त्यो कानूनलाई पढेको छैन्। त्यो संसदबाट पारित भएको छ।
प्रमाािण्त भएको छ। कानूनको रुपमा क्रियाशिल छ। कार्यान्वयन भैसकेको छ। त्यसमा भनिएका कुराहरु प्रस्तावनादेखि दण्डसजायसम्मका कुराहरुलाई उत्तरदायी पत्रकारिताका निम्ति आमसञ्चार क्षेत्रले पढ्नु र हेक्का राख्न जरुरी छ। मिडियाले यसलाई कार्यव्यवहारमा उतार्नु जरुरी छ भन्ने ध्यानाकार्षण गर्न चाहन्छु।’
थापाले व्यक्तिको मेडिकल प्राईभेसीको पनि उल्लेख गरे। उनले भने,‘मेडिकल प्राईभेसीले व्यक्तिको स्वास्थ्योपचार र औषधी के के लिने ? भन्ने गोपनियताको हकलाई सुरक्षा गरेको छ। संसारमा यो अभ्यास छ। हामीकहाँ तथ्यमा आधारित नभई स्रोतको हवला दिएर जथाभावी लेख्ने चलन छ। यस्तो गर्न मिल्दैन्। स्रोतको हवला दिएर आफ्नो जे मिशन हो र आफूलाई जे लाग्यो त्यही लेख्न र राख्न पाईदैन्।’
उनले प्रधानमन्त्री ओली डायलासिस गर्न गएपछि पनि आतंक मच्चाईएको टिप्पणी गरे। उनले भने,‘डायलासिस गरिँदापनि आतंक, एपेन्डिसाईटिसको शल्यक्रिया हुँदापनि आतंक।
नाम चलेका अखवारहरुको प्याकेज नै मानौं यो अन्तिम अवस्था हो जस्तोगरि प्रस्तुत गर्ने, यो कुन तरिका हो ? यो चाहीँ चित्तबुझ्दो भएन।’ उनले नेपालका सञ्चारमाध्यम जति उत्तरदायी हुनुपर्ने हो त्यति नभएको गुनासो पोखे। उनले आफूहरुले ‘मिडिया–एक्सेस’ राम्रो दिएको पनि स्पष्ट पारे। उनले भने,‘हामीले मिडिया एक्सेस दिएका छौं। केही सामरिक महत्वका बैठक र निर्देशनबाहेक हामीले मिडियालाई राम्रो पहुँच दिएका छौं। मिडियाले समिक्षा बैठकपनि लाईभ खिच्न पाएका छन्। प्रवन्ध गरिएको छ। गोप्य बैठक भए भनेपनि मिडियालाई ब्रिफ गरिएको छ।’
उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरुले खासगरी अस्पतालले हरेक दिन विहान १० बजेको हाराहारी र बेलुका ७ बजेको हाराहारीमा विज्ञप्ती निकालेर मिडियामार्फत जनतालाई जानकारी गराएको स्पष्ट पारे। तर, उक्त विज्ञप्तीमार्फत समाचार नछापिएको उनको गुनासो छ।
‘भोलिपल्ट अन्यथा ढंगले नियोजित साथ सम्प्रेषण गरिएको छ। डायलासिस गरिनु कुन ठूलो कुरा हो ? भेन्टिलेटरको आतंक किन मच्चाउनुपर्यो।’–थापाले प्रश्न गरे। उनले अनावश्यक आतंक फैलाउनेहरुलाई कानूनको दायरामा ल्याउने चेतावनी दिए।
उनले भने,‘अहिले त के भएको छ भने तपाई, हामी सबै पब्लिक अडिटमा छौं। तपाईले गरिरहेको कर्मपनि पब्लिट अडिटमा छ। मैले गरिरहेको कामपनि पब्लिक अडिटमा छ। सञ्चारक्षेत्र पनि जनताको निगरानीमा छन्। महालेखाले देशका आर्थिक गतिविधिहरुको परीक्षण गरेजस्तो जनताले हामी सबैको परीक्षण गरेका छन् नि। को ? कहाँ ? र कसरी उभिरहेको छ ? भन्ने कुराको परीक्षण चलिरहेको छ।’
थापाले थप भनेका छन्,‘जस्तालाई त्यस्तै भनेझैं हुँदैन न्।ि विधि, कानून र प्रक्रिया छ। मैले त्यो कानून पढेर किन सम्झाईरहेको छु। तीन वर्ष कैद र तीस हजार वा तीन लाख जरिवाना छ। नेपालका प्रेसले बनेका कानूनको पनि हेक्का राख्नुपर्छ। जिम्मेवार पत्रकारिताले झनैं यसको हेक्का राख्नुपर्छ।’ उनले कानूनी राजभन्दा ठूलो कोही पनि नभएको स्पष्ट पारे।
उनले भने,‘सबैले यो कुराको हेक्का राख्नुपर्छ। अहिले देखापरेका कुरा हाम्रानिम्ति शिक्षा हुन्। सहज सुचना सम्प्रेषणका लागि हामी तयार छौं। अहिले प्रधानमन्त्रीज्यूको स्वास्थ्यबारे आएका कुरा म्यानरलेस कुरा हो। कहिले के भन्ने ? हरेक काम, पेशाका मर्यादा र सिमा छन्। हामी सबै मर्यादा र सिमामा बस्नुपर्छ।’
प्रधानमन्त्रीको स्वास्थ्य र संक्रमणको खतरालाई अलिक बढि केन्द्रित गरेर आफूहरुले भेटघाटलाई कम गरेको उनले सुनाए। उनले भने,‘मेडिकल टिम, परिवारका सदस्य, सचिवालयका पनि छानिएका व्यक्तिबाहेक उहाँलाई हिजो सम्माननीय राष्ट्रपतिज्यूले भेटे।
उनले प्रधानमन्त्रीज्यूको स्वास्थ्यलाभको कामना गर्नुभयो। थप सुधारको लागि हरसम्भव कोशिष गर्न चिकित्सकहरुलाई आग्रह गर्नुभयो। राष्टप्रमुखबाहेक अरुले उनलाई भेट्न पाउनुभएको छैन। संक्रमणको समस्या नहोस भनेर हामीले यस्तो प्रवन्ध गरेका हौं।’
प्रधानमन्त्रीले समिक्षा बैठक र कान्तिपुर टिभीबाट प्रशारित फायरसाईडमा लिम्पियाधुरा नेपालको हो भनेर विगतमा कसैले पनि पाठ्यपुस्तकमा नपढाईएको कुरा गरेको स्पष्ट पारे। उनले भने,‘प्रधानमन्त्रीज्यूले त आजसम्मका नक्शाहरुमा हाम्रो हो यो भनिएन। त्यो पढाइएन भन्नुभएको हो।’ कालापानी, लिपुलेकको सीमा विवादको समस्या प्रेमसिंह धामी सांसद बनेर आएपछि चर्चामा आएको उनले सुनाए।
केपी ओलीको नेतृत्वमा बनेको महाकाली सन्धि अध्ययन कार्यदल बनेपछि पहिलोपटक कालापानी समस्या उजागर भएको उनको दाबी थियो। उनले भने,‘सम्माननीय प्रधानमन्त्रीज्यूले हामी कसैको एक ईन्च पनि भूमी लिँदैनौं, र हाम्रो एक ईन्चपनि दिँदैनौं भन्नुभएको छ। अरुले अतिक्रमण गरेको छ भने त्यो भूमी फिर्ता गरिछाड्छौं भनेका छन्।’
प्रधानमन्त्री ओलीकै सहमतिमा भारतले नयाँ नक्शा सार्वजनिक गरेको हो भनेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिएको अभिव्यक्ति तथ्यहीन र गलत भएको थापाले टिप्पणी गरे। उनले भने,‘यो उनको चुनावी सनक हो। सन् १९९६, १९९७ मा देउवा प्रधानमन्त्री हुँदा भारतले यस्तै नक्शा सार्वजनिक गरेको थियो। त्यो बेला उनी बोल्नुभएन। के हामीले तपाईको सहमतिमा भएको रहेछ ? भनौं।
प्रधानमन्त्रीले सर्वपक्षीय÷सर्वदलीय बैठकमा बजारमा यस्ता धेरै कागजहरु आउँछन्, त्यसको कुनै अर्थ छैन भन्नुभयो। परराष्ट्र मन्त्रालयले पनि विज्ञप्ती निकालेर एकतर्फी नक्शा मान्दैनौं भनिसकेको छ। त्यो केवल कागजको खोस्टो हो। यसको खण्डन, मण्डन गर्न जरुरी छैन्। यसको पूर्णतः खारेज गर्नुपर्छ।’
उनले सीमा विवादबारे भारतसँग नेपाल सरकारले मन्त्रालय तहमा, सचिवस्तरीय र प्रधानमन्त्रीको तहमा पनि छलफल गर्ने तयारी गरेको जनाए। उनले भने,‘नेपालले आफ्नो तर्फबाट कुटनीतिक नोट पनि पठाईसकेको छ। हाम्रो राजदुतले उक्त नोट भारत सरकारलाइ बुझाईसक्नुभएको छ। अब देउवाजी अपडेट हुन आवश्यक छ।
थापाले पहिलो चौमासिकको कार्यसमिक्षा बैठकमा प्रधानमन्त्री ओलीले अपेक्षा गरेअनुसार नतिजा नआएको भन्दै यसलाई स्पिड–अप गर्न निर्देशन दिएको स्पष्ट पारे। आफूले प्रधानमन्त्रीको प्रेस सल्लाहकारको कामको थालनी गरेपछि महत्वपूर्ण दुई बैठकमा भाग लिएको सुनाउँदै उनले भने,‘मन्त्रिपरिषदको हेरफेरपछि नवनियुक्त मन्त्रीहरु र बहालवाला सचिवहरुसहितको मंसिर ५ गतेको बैठकमा प्रधानमन्त्रीज्यूले महत्वपूर्ण निर्देशन दिनुभएको छ।
दोस्रो बैठक मंसिर ९ गते पहिलो चौमासिकको कार्यसमिक्षा बैठकमा प्रधानमन्त्रीको कुरा सुन्दा उहाँले स्वयम भन्नुभएको छ, पहिलो चौमासिक कार्यसमिक्षा अपेक्षा गरेरअनुसार छैन भन्नुभएको छ। गति दिनुपर्यो भनेका छन्। लक्ष्यअनुसारको परीणाम निकाल्नुपर्यो भनेका छन्।’
दोस्रो चौमासिक समिक्षा बैठकमा कार्यप्रगति राम्रो हुनुपर्छ भनेर प्रधानमन्त्रीले निर्देशन दिएको पनि उनले सुनाए। उनले भने,‘दोस्रो चौमासिक फागुनमा बस्छ। त्यो बैठकमा मूल्यांकन गर्दा पुँजीगत खर्च खर्च गर्ने गतिमा अहिलेको गतिले पुग्दैन् भन्ने कुरा उनले जाेड दिए।
मन्त्रीहरुको कार्यप्रगतिको परीणामको मूल्यांकन आफू सल्लाहकारहरुले नगर्नेपनि उनले स्पष्ट पारे। उनले भने,‘उनीहरुको कार्य समिक्षा, प्रगतिको मूल्यांकन चाहीँ विभिन्न रुपमा हुने कुरा हो। काममा र मन्त्रालयमा हुने कुरा हो।’ मन्त्रीहरुको बारेमा यो सफल र त्यो असफल भनेर आफूहरुले नभन्ने पनि उनले स्पष्ट पारे।
‘हाम्रो काम भनेको प्रधानमन्त्रीज्यूलाई आफ्नो सल्लाह र सुझाव दिने हो’–उनले थपे,‘मन्त्रीहरुले आफ्नो फूल क्यापासिटीअनुसार काम गर्नुहुन्छ। त्यसकानिम्ति प्रधानमन्त्रीको निर्देशन मार्गनिर्देशक हुनसक्छन्।’ उनले विद्यार्थीसँग बढि शूल्क असुल्नेगरि मेडिकल कलेजहरुबाट भएका प्रयास र अभिभावकलाई दोहन गर्ने कुरा सरकारलाई सह्य नभएको स्पष्ट पारे। थापाले भने,‘विद्यार्थीहरुलाइर्ए शोषण गर्ने कुरा सरकारलाई मान्य छैन्।
प्रधानमन्त्रीले सार्वजनिक रुपमै हामी कुनैपनि हिसाबले पछि पर्दैनौं भनेपछि अहिले दुई बुँदे सहमति भएको छ। सरकार पछाडि हट्दैन्। अनुचित शूल्क लिने कुरा सरकारले सह्य गर्दैन्। मेडिकल कलेजहरु पछाडि हटेका छन्। यसैगरि जनताको पक्षमा काम गर्दै सरकार अघि बढ्छ।’