काठमाडौं _ चिकित्साशिक्षा संघर्ष समितिले सरकार र निजी मेडिकल कलेज सञ्चालकबीचभएको सहमतिआफुहरुलाई मान्यनभएको घोषणा गरेको छ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलन गरेर समितिले तत्काल २०७२÷०७३ देखि भर्ना भएका विद्यार्थीहरुसँग असुलिएकोअतिरिक्तशुल्क फिर्ताको माग गरेको छ। अन्यथा चिकित्साशिक्षा संघर्ष समितिले आगामी दिनबाट अझ कडा आन्दोलन काकार्यक्रम अगाडि बढाउने चेतावनी पनिदिएको छ।
मेडिकल कलेजहरुले अहिलेसम्म लिइएको अतिरिक्त शुल्कफिर्ता नगरेत्रि.वि. सम्बन्धन प्राप्त सबैमा कुनैपनि शैक्षिक कार्यक्रममा सहभागी नहुने उनीहरुको चेतावनी छ।त्यसैगरी २०७२÷०७३ र ०७३÷०७४ काविद्यार्थीहरुको हकमा भएको फितलो सम्झौतालाई नसच्याइएको खण्डमा अस्पतालकेन्द्रित आन्दोलन गर्न पनि पछि नपर्ने उनीहरुले बताएका छन्।
विद्यार्थीहरुको जायज मागलाई सरकारले बेवास्ता गरे संघर्ष समितिमा आजको दिनबाट योङ्ग डाक्टर एसोसिएसन (वाई.डी.ए.), डाक्टर सोसाइटी अफ नेपाल (डी.सन.), गोभरमेन्ट डाक्टर एशोसिएसन नेपाल (गोदान) लगायतकाचिकित्सक संगठनहरुबीच एक ठाउँमा उभिएको हुँदा उक्त आन्दोलनमा चिकित्सकहरु पनि सामेल हुने भएका छन्।
कार्यक्रममा संघर्ष समितिका संयोजक डा. मिलन गैरेले उक्त आन्दोलन डाक्टर पढ्नेको मात्रै नभएर नर्सिङ, फार्मेसी, ल्याब सबैको लागिभएको दावी गरे। उनले निजी मेडिकल कलेज सञ्चालक र सरकारबीच भएको अतिरिक्त शुल्क फिर्ताको शुल्क फिर्ता कसले गर्ने भन्ने स्पष्ट नभएको प्रति असन्तुष्टि व्यक्त गरे।
त्यस्तै,योङ्ग डाक्टर एसोसिएसनका अध्यक्ष चेतन बस्नेतले सरकारले गरेको सहमति मेडिकल कलेज सञ्चालकको लागिहो कि विद्यार्थीको हो भन्नेबारे स्पष्ट पार्नुपर्ने बताए।
संघर्ष समितिका महासचिव अनिलसिन्हाले सरकारसँग भएको सहमतिअनुसारको बढि शुल्क तुरुन्त फिर्ता गर्नुपर्ने त्यसमा ढिलाई गरे आफूहरुले आन्दोलनलाई सबै सरकारी अस्पतालसम्म पु¥याउने चेतावनी दिए। उनले निजी चिकित्सालयले श्रमशोषण गरेकाले सबै मेडिकल अफिसरहरुको तलब सरकारले तोके अनुसार हुनुपर्नेमाजोड दिए।