काठमाडौं– लोकप्रिय गायक तथा सर्जक बालकुमार श्रेष्ठ अहिले गीत संगीत पारखीहरुको मुटुको ढुकढुकी बन्न सफल भएका छन्। केही समय अगाडि बिष्णु माझी उनले आवाज दिएको ‘सिलौटो’ को अपार सफलातापछि उनी दर्शकको रोजाईँमा अझै बढी पर्न सफल भएका छन्।
उनै गायक तथा सर्जक र गायिका अन्जु पन्तको आवाजमा भर्खरै मात्र नयाँ गीत ‘छैन मलाई डर’ सार्वजानिक भएको छ। गीतको शब्द निर्मला र श्रेष्ठ लय उनै गायक श्रेष्ठको रहेको छ। कमल सौरागको उत्कृष्ट संगीत संयोजनमा रहेको गीत मारुनी रेकर्डिङ् स्टुडियोमा रेकर्ड भएको हो। प्रकाश भट्टको निर्देशन रहेको भिडियोमा चर्चित नायिका सृष्टि खड्का र उमंग श्रेष्ठको जोड्दार नृत्य रहेको छ। चन्द्र सूर्य फिल्मस् प्रा.लि. बाट बजारमा उपलब्ध छ।
https://www.youtube.com/watch?v=q9KsLj5Lff4