कञ्चनपुर_ खानेपानीमन्त्री बीना मगरले कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारमा स्मार्ट शौचालय र प्रवेशद्वार निर्माण गरिने बताएकी छन्।
भारतीय सीमा नजिकैको डोकेबजार क्षेत्रको अवलोकन गर्दै शुक्रबार उनले डोकेबजारको सौन्दर्य अभिवृद्धि र स्वच्छताका लागि स्मार्ट शौचालय र प्रवेशद्वार निर्माण गरिने बताउनुभयो। उनले चालू आवभित्रै स्मार्ट शौचालय र प्रवेशद्वार बनाइसक्ने बताए।
निर्वाचन क्षेत्र विकास कोषको रकम खर्चेर प्रवेशद्वार निर्माण गरिन लागेको हो। प्रवेशद्वार २१ मिटर चौडाइको हुने बताइएको छ। पुनर्वास नगरपालिका–३ मा वडाध्यक्षको शनिबार हुने उपचुनावमा मतदान गर्नका लागि मन्त्री मगर यहाँ पुगेकी हुन्। रासस