काठमाडौं_ कास्कीको वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक कमल शाहको सरुवा भएको छ।
नेकपा चुनावी सभा नजिकै विष्फोट भएपछि उनको सरुवा भएको हो। डिएसपी शाहले सुरक्षा व्यवस्था फितलो बनाएको भन्दै गृह मन्त्रालयले उनको सरुवाको लागि पत्राकार गरेको थियो।
बुधबार नेकपामा शीर्ष नेताहरू प्रदर्शनी केन्द्रस्थित सभामा सम्बोधनका लागि आएका थिए। सोही समयमा बम विष्फोट भएको थियो।