काठमाडौं–लोकप्रिय गायक तथा सर्जक गोविन्द पौडेल र बहुचर्चित गायिका बिष्णु माझीको आवाजमा मार्मिक लोकदोहोरी गीत ‘मृत्यूदण्ड’ भर्खर मात्र सार्वजानिक भएको छ। गीतको लय गायक पौडेलकै रहेको छ भने शब्द सोनु डाँगीको रहेको छ। सागर विरहीको उत्कृष्ट संगीत संयोजन रहेको गीत संगम डिजिटल स्टुडियोमा रेकर्ड भएको हो।
गीतको भिडियो निर्देशन बिक्रम चौहानले गरेका छन् भने अभिनय गौविन्द पौडेल र देवा पौडेलको रहेको छ। गीतमा माया गर्ने जोडीले यो मुटुमा सजाएर राख्दा पनि घरीघरी पिंडा किन दिन्छौ बरु हरपल मायामा विश्वास बढाएर राख भन्ने एकदमै मार्मिक प्रस्तुत गरिएको छ। सागर विरहीको यूटूब च्यानलबाट बजारमा उपलब्ध छ।
https://www.youtube.com/watch?v=NrqxwjT37rU