तस्विर खबरहब
डोटी– नेपाली सेनाको बम डिस्पोजल टोलीले डोटीमा मतदान केन्द्रलाई लक्षित गरी राखिएको बम डिस्पोज गरेको छ।
आदर्श गाउँपालिका वडा नम्बर २ मा रिक्त वडाध्यक्षका लागि जरी रहेको मतदानमा मतदान केन्द्र नजिकै राखिएको बम डिस्पोज भएको हो।
मतदान केन्द्र नजिकै बम देखेर स्थानीय त्रसित भएका थिए तर अहिले अवस्था सामान्य रहेको र मतदान निरन्तर भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।