उदयपुर– लिम्चुङबुङमा भीरबाट लडेर एक बालकको मृत्यु भएको छ। लिम्चुङबुङ गाँउपालिका ३ सिम्लेका भरतबहादुर मगरका १० वर्षीय छोरा ओपे भनिने गणेश बहादुर मगरको भीरबाट लडेर मृत्यु भएको हो।
शुक्रबार साँझ लिम्चुङबुङ बाह्रा जंगलको धारापानी गैराको भीरमा बालक मगरको लडेर मृत्यु भएको हो। उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लिम्चुङबुङले जनाएको छ। मृतक बालकको मानिसक सन्तुलन समेत ठिक नभएको प्रहरीले जनाएको छ।