एजेन्सी– दिल्लीको नजिककै जील्ला गौतमबुद्ध नगरको नोएडामा बुधबार राती एक व्यक्तीले श्रीमतीसँग झगडा गरेर आफ्नो दुई छोरीको हत्या गरेकाे बताइएकाे छ।
हरीश सोलंकीले आफ्नो ७ बर्ष र अढाई बर्षको छोरीहरुको हत्या गरेका हुन्। साे घटनाबारे प्रहरीले शुक्रवार बिहानमात्र जानकारी पाएको थियो। त्यसपश्चात प्रहरीले हत्याको आरोपमा सोलंकीलाई पक्राउ गरेको छ।
सधैजसो श्रीमान र श्रीमितबीच झगडा हुने ग¥थ्यो। बुधबार पनि हरीश मदिरा सेवन गरेर श्रीमतीसँग झगडा गरेका थिए। झगडापछि उनकी श्रीमती ४ वर्षको छोरा लिएर घरबेटीकोमा गएकी थिइन्। घरमा भने हरीश र दुई छोरीमात्र थिए।
मदिराकाे नशामा तल्लीन हरिशले रातीको समयमा मौका छोपेर एउटा छोरीको टाउको भित्तामा ठोकाएर र अर्को छोरीको ईट्टाले टाउकोमा हानेर मारेको खुलेको छ। श्रीमती घर आई पुगेपछि मात्र घटनाको खुलासा भएकाे थियाे।
प्रहरीले दुइटै बालिकाको लास पोष्टमाटमको लागि पठाएको बताएकाे छ। सूरजपुर चौकीमा हत्याको मुद्दा दर्ता भएको छ। हत्या आरोपी हरीशको श्रीमती रुबी घरमै बस्ने गर्थिन। हरीश पेन्टरको काम गर्ने गर्छन्। हरीशले जहिले श्रीमतीको चरित्रमाथि शंका गरेर उनलाई कुटपिट गर्ने गरेको प्रहरीले जनाएको छ।