कञ्चनपुर– खानेपानीमन्त्री विना मगरले कञ्चनपुर पुनर्वास नगरपालिका वडा नम्बर ३ मा शनिबार मतदान गरेकी छन्।
गोरखा माध्यमिक विद्यालयमा रहेको मतदान स्थलमा पुगेर मन्त्री मगरले मतदान गरेको उनका स्वकीय सचिव प्रकाश मगरले जानकारी दिए। एक हजार एक सय ९९ जना मतदाता रहेको वडामा पुरुष ५५९ र महिला मतदाता ६४० छन्।
२०७४ मा भएको स्थानीय तहको निर्वाचनबाट सो वडामा निर्वा्चित वडाध्यक्ष फैरू तामाङ जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुखमा नियुक्त भएपछि उक्त वडाको अध्यक्ष पद रिक्त रहेको थियाे।
उक्त पदका लागि नेपाल कम्युनिष्ट पार्टी नेकपाका कृष्णबहादुर तामाङ, नेपाली कांग्रेसका दीपबहादुर तामाङ, समाजवादी पार्टीका भीम तामाङ र राष्ट्रिय प्रजातन्त्र पार्टीका पदम शाही उम्मेदवार छन्।