काठमाडौं– नेपाल र भारतबीचको सीमा विवाद अहिले सतहमा छ। भारतले नेपाली भूमि मिचेको भन्दै विभिन्न माध्यमबाट त्यसको विरोधहरु भइरहेका छन्।
राष्ट्रप्रेम झल्कने र छिमेकीले गरेको अत्याचार सहन नसकिने भाव बोकेका गीतहरुको रचना गर्दै साङ्गितिक क्षेत्रबाट पनि त्यसको विरोध भइरहेको छ। यसैबीच अर्को एक देशभक्ति गीत सार्वजनिक भएको छ।
युवा गायकहरुको एक समुहले कालापानीमा गरेको हस्तक्षेपलाई समेटर नयाँ गीत ‘छल गरेर धोका दिने नालापानीमा...आँखा लाउन छोड अब कालापानीमा’बोलको गीत सार्वजनिक गरेका छन्। गीतमा राष्ट्रियता प्रतिको माया, हाम्रा पुर्खाको वीरताको गाथा समेत सम्झिएको छ।
युट्युबमार्फत सार्वजनिक गीतमा सारदा रसायली, मोहित श्रेष्ठ र बद्री चुडालको स्वर रहेको छ। धिरजनाथको शब्द तथा संगीत रहेको गीतलाई नारायण दंगालले एरेन्ज गरेका हुन्।
https://youtu.be/i70MAJy8NL0