नयाँदिल्ली– भारतको केरलास्थित रोमन क्याथोलिक पादरीमाथि महिला संन्यासीलाई बारम्बार बलात्कार गरेको अभियोगमा छानविन हुँदैछ।
बलात्कार गरेको अभियोगमा उनी गत वर्षको अक्टोबरमै पक्राउ परेका थिए। पादरी फ्रान्को मुलक्काललाई हाल कोत्याम केरलास्थित अदालतमा उपस्थित गराइएको छ। यसअघि पनि विभिन्न मुलुकमा रोमन क्याथोलिक पादरीमाथि बलात्कार आरोप लाग्दैआएको थियो। बलात्कार अभियोगमा अनुसन्धान हुने मुलक्काल पहिलो भारतीय पादरी हुन्।
२०१४ देखि २०१६ सम्म बारम्बार एक महिला संन्यासीमाथि बलात्कार गरेको उनीमाथि अभियोग छ। मुलक्कालले पुनरावेदन नदिए पनि आफूविरुद्धको अभियोग अस्वीकार गर्दैआएका छन् ।
उक्त अभियोगमा यदी उनी दोषी ठहरिएमा आजीवन जेलसजायसम्मको फैसला हुनसक्छ। केरला प्रहरीले उनीविरुद्ध १ सय पेज लामो मुद्दा दर्ता गरेको छ। जहाँ अन्य सहयोगीको नाम पनि समावेश छ।