काठमाडौं — १७ औं हस्तकला व्यापार मेला मंसीर १२ गतेदेखी भृकुटीमण्डपमा सुरु भएको छ। १२ गतेबाट सुरू भएको मेला मंसिर १६ गतेसम्म चल्नेछ। मेलाको उद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका थिए।
उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नविल बैंक, नेपाल चेम्बर अफ कमर्श, ललितपुर उद्योग वाणिज्य महासंघलगायतको संयोजन तथा नेपाल हस्तकला महासंको संयुक्त आयोजनामा उक्त मेला सुरु भएको हो। नेपाली हस्तकलाका सामग्रीलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ मेला सो मेला आयोजना गरिएको हो।
आज मेला शुरु भएको तेस्रो दिन त्यसमाथि पनि शनिबार। शनिबार प्राय सबैजनाको फुर्सद हुने भएकाले मान्छेको चाप बडेको काष्टकला व्यापारी रस्मी शाक्य बताउँछिन्। उनी भन्छिन्, ‘पहिलो दिन भने त्यति भिड थिएन र ब्यापार पनि, आज भने रामै व्यापार भएको छ।’ पहिलो दिन ५ हजार मात्र व्यापार भएको थियो भने आज २० हजार सम्मको व्यापार भएको उनी बताउँछिन्।
त्यसैगरी आफ्नो कलालाइ देशभर चिनाउनका दाङ हस्तकला संघबाट टंक चौधरी मेलामा सामेल भएकी छिन्। उनले हस्तकला व्यापार मेलामा आफ्ना सामान ल्याइ स्टल राख्न थालेको ३ वर्ष भैसकेछ। मेलामा खासै राम्रो व्यापार भने नभएको उनकाे तर्क छ। दैनिक ६ देखी ७ हजार सम्मको मात्रै व्यापार हुने गरेको उनी बताउँछिन्।
त्यसैगरी पश्मिनाको राम्रो व्यापारमा पनि कमी आएकाे व्यापारी समिता राणा मगर बताउँछिन्। उनी भन्छिन्, ‘पस्मीनाको सामान त झन महंगो नै पर्छ तर मेला भनिसकेपछि त सबै मान्छेहरु सस्तो सामान मात्रै खोज्छन्।’
१७ औं हस्तकला व्यावार मेलासँगै १५ औं हस्तकला प्रतियोगीतामा पनि शुरू भएकाे थियाे। हस्त कला क्षेत्रमा संलग्न कलाकारहरुको प्रतिभा पहिचान, मुल्याकंन एवं नयाँ पुस्तालाई समेत हस्तकला क्षेत्र प्रति आकर्षित गराउने उद्देश्यले हस्तकला प्रतियोगीतामा शुरू गरिएकाे हाे। मेलामा काष्ठकला, धातुकला, चाँदी तथा अन्य धातुका गरगहना, फेल्टका सामान, उनी, सुर्ती एवं ढाकाका सामान, पस्मिना, हाते कागजका सामान, छालाजुत्ता तथा छालाजन्य सामान, प्राकृतिक रेसा र वाँसका सामानहरु प्रर्दशन तथा बिक्रिका लागि राखिएका छन्।
मेलामा धातुकला, सुनचाँदी, सुती, ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा, बासँका सामानहरु प्रदर्शन गरी नेपाली उद्यमी व्यवसायी, निर्यातकर्ता र आयातकर्ताका बीचमा व्यवसायीक सम्बन्ध विकास गर्ने, नेपाली उद्यमीलाई कम खर्चमा अन्तर्राष्ट्रिय स्तरको व्यापार मेलामा सहभागीता गर्ने, व्यापार मेलाको माध्यामबाट नेपाली कला संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यले मेलाकाे आयाेजना गरिएकाे हाे।
मेलामा आठ प्याभिलियनसहित २ सय कक्ष रहेका छन् भने १० करोड बढीको कारोबार हुने महासंघको अपेक्षा रहेको छ। मेलामा ७७ वटै जिल्ला हस्तकलाको सहभागीतासँगै छिमेकी मुलुक भारत, चीन, अमेरिका, जापानलगायतका युरोपका विभिन्न मुलुकमा २० भन्दा बढी स्टल नेपाली स्टल रहेका छन्।
स्वदेशी श्रम, सीप र कच्चापदार्थमा आधारित नेपालको हस्तकला व्यवसायले रोजगारी र स्वरोजगारी सिर्जनाका साथै निर्यात व्यापारमासमेत महत्वपूर्ण भूमिका खेल्दै आएको छ। नेपाली विविध कला, संस्कृति झल्काउने मौलिक हस्तकला निर्यातले व्यापारघाटा न्यूनीकरणमा मात्रै नभई नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने काम पनि गरेको छ।
फाेटाेहरूः