photo:dessanchar
नेपालगञ्ज– बाँकेको कोहलपुरमा भएको वडाध्यक्ष पदको चुनावमा ८० प्रतिशत मत खसेको छ।
दुई हजार २६ मतदाता रहेकोमा एक हजार ६ सय ३४ मत खसेको निर्वाचन अधिकृत षडानन्द तिवारीले जानकारी दिए।
अघिल्लो निर्वाचनमा कांग्रेसका रामसोहन थारुले ४ सय २४ मत ल्याएर जितेको यो ठाउँमा उनको निधन भएपछि उपनिर्वाचन भएको हो। थारुको २०७५ मंसीर ९ गते मृत्यु भएको थियो।
उपनिर्वाचनमा नेकपाबाट रामशरण थारु र कांग्रेसबाट कृष्ण थारुले प्रतिस्पर्धा गरिरहेका छन्। बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहले राम्रो सुरक्षा व्यवस्थाका बीचमा सौहार्दपूर्ण तरिकाले मतदान भएको बताए।