सल्यान_ कुमाखमालिका गाउँपालिकाको ५ नम्बर वडाध्यक्षमा नेकपाका उम्मेदवार धर्मे बूढाथोकी ७ सय ९२ मतका साथ विजयी भएका छन्।
शनिबार सम्पन्न वडाध्यक्षको उपचुनावमा बूढाथोेकीका निकटम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले २५१ मत पाएका छन्। त्यस्तै राप्रपाले २१ मत पाएको छ भने ६० मत बदर भएको छ।
कुमाखमालिका ५ यसअघि पनि नेकपाले नै जितेको ठाउँ हो। गत चुनावमा माओवादी केन्द्रका हरि प्रकाश बुढाथोकीले ७८८ मत ल्याएर जितेका थिए भने एमालेले २२९ मत ल्याएको थियो। दुई पार्टी मिल्दाखेरि यसपालि नेकपाको भागमा ७९२ मत परेको छ।
नेपाली कांग्रेसले अघिल्लो चुनावमा यस वडामा १८० मत मात्रै पाएकोमा यसपालि केही मत बढाएको छ।