मलंगवा _ सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नम्बर १ मा वडाध्यक्षका लागि शनिबार भएको उपनिर्वाचनमा समाजवादी पार्टीमा श्यामबाबु राय ३ सय ४७ मत ल्याएर विजयी भएका छन्।
उनले आफ्ना प्रतिद्वन्दीलाई १९ मतले पछि पार्दै विजयी भएका हुन्। नका निकटम प्रतिद्वन्दी राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का उम्मेदवार रामविश्वास राय र नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार दोस मोहम्मद अंसारीले समान ३ सय २८ मत प्राप्त गरे।
यस्तै जनमत पार्टीका दिनेश राय यादवले ५२ र नेपाली काँग्रेसले २३ मत प्राप्त गरेको निर्वाचन अधिकृत कृष्णराम कोइरालाले जानकारी दिएका छन्। स्वतन्त्र उम्मेदवारी दिएका २ जनाले खाता समेत खोल्न सकेनन्। १ हजार ३ सय ५६ मतदाता रहेको उक्त वडामा १ हजार ९३ मतदान भएको थियो।