एजेन्सी–कुनै पनि सिनेमा सफल हुनु भनेको नै कलाकारको लोकप्रियता बढ्नु हो। लगातार सिनेमा ब्लकबस्टर भएपछि बलिउड अभिनेता आयुष्मान खुर्रानाको प्रायोजन बापतमा पाउने पारिश्रमिकमा तीन सय प्रतिशतले वृद्धि भएको छ।
लगातार ७ ब्ल्कबस्टर सिनेमा दिएपछि उनले विज्ञापनको प्रायोजन गरेबापत पाउँदै आएको रकममा भारी वृद्धि भएको हो। यस वर्ष उनी अभिनित तीन सिनेमा रिलिज भए र तिनै सिनेमा वक्सअफिसमा सुपरहिट सावित भए। आर्टिकल १५, ड्रीमगर्ल र बाला यसवर्ष वक्सअफिसमा सुपरहिट भएका सिनेमा हुन्।
गत वर्षपनि उनी अभिनित ‘बधाईं हो’ र ‘अन्दाधुन्द’ सुपरहिट भएका थिए। यिनै सिनेमाको सफलताले गर्दा हाल उनको हातमा २० भन्दा बढी ब्रान्डको विज्ञापन छ। उनी घरजग्गादेखि कपडा, घडी लगायतका सामानको विज्ञापनमा उनले काम गरिरहेका छन्। यो गतिमा आयुष्मानको लोकप्रियता बढ्दै गए उनी भोली बलिउडकै महङ्गो अभिनेता नहोलान भन्न सकिन्न।