काठमाडौं–गायिका आस्था राउत नेपाली गीत संगीतमा एउटा बेग्लै पहिचान बनाईसकेकी गायिका हुन्। आस्थाको नयाँ गीत भर्खरै रिलिज भएको छ। आस्थाले ‘नाकैमा फुली’ गीतको भिडियो बिहीबार सार्वजनिक गरेकी हुन्। उनले राजधानीमा आयोजित एक कार्यक्रमकाबिच आफ्नो दोस्रो एल्बम ‘आधार भाग २’ विमोचन गर्दै गीतको भिडियो सार्वजनिक गरेकी हुन्।
सुरेश अधिकारीको शब्द तथा संगीत रहेको गीतलाई शान थापाले निर्देशन गरेका हुन्। गीतमा आँचल शर्मा र महेश खड्काले अभिनय गरेका छन्। बिहीबार आस्थाको एल्बमलाई बीच हास्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह), संगीतकार सुरेश अधिकारी, गायक राजु लामा, आस्थाका बाबु हरिबहादुर राउत र आमा साबित्री राउतलगायतले एल्बम सार्वजनिक गरेका हुन्। सार्वजनिक एल्बममा ‘दशै आयो तिहार आयो’, ‘कलधारा’, ‘हवाइजहाजको टिकट’, ‘सिमाना’, ‘राम साइली’, ‘नाकैमा फूलि’, ‘को छ यहाँ र झलझल गर्ने’ बोलका गीत छन्।
यी गीतमध्ये ‘को छ यहाँ’ बोलको गीतमा आस्थाकी आमा साबित्री राउतको शब्द रहेको छ। बाँकी ७ वटा गीतमा सुरेश अधिकारीको शब्द र संगीत रहेको छ।