तस्वीरः अनलाइन खबरबाट
एजेन्सी–चर्चित बलिउड निर्देशक रोहित सेट्टी र नायक अजय देवगण सबैभन्दा नजिकका साथी मानिन्छन्। उनीहरुले काम गरेको ‘गोलमाल, सिंघम, अल दि बेष्ट’ लगायतका चलचित्र बक्स अफिसमा हिट छन्। यी दुइको टिमअपलाई लिएर बलिउडमा पनि खुबै चर्चा हुने गर्दछ। किनकि यो जोडीको काम निकै फापेको छ।
अब, रोहित र अजयको टिमअप ‘गोलमाल–५’ का लागि हुने भएको छ। चलचित्रका लागि नायिका भने फाइनल गरिएको छैन। तर, यसअगाडिका सिरिज जस्तै यो चलचित्रमा पनि अर्साद वार्सी, तुषार कपुर, श्रेयस तालपडे, कुनाल खेमु, मुकेश तिवारीको मुख्य भूमिका रहनेछ। यो चलचित्रका हरेक सिरिजले अहिलेसम्म बक्स अफिसमा धमकेदार व्यापार गर्दै आएका छन्। ‘इट्स फन अनलिमिटेड’ भन्ने मुल मन्त्र लिएर यो चलचित्र बन्ने गरेको छ।