एजेन्सी– सिंगापुर सरकारले बनाएको नयाँ कानुनलाई साथ दिएको भन्दै अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्नेहरुले फेसबुकको विरोध गर्न थालेका छन्। सिंगापुर सरकारले गत महिना जारी गरेको नयाँ कानुन अनुसार प्रयोगकर्ताले फेक न्यूज अर्थात भ्रमात्मक जानकारी पोष्ट गरे फेसबुकजस्ता सामाजिक सञ्जाल कम्पनीहरु जिम्मेवार हुने छन्।
सोही कानुनको पालना गर्दै फेसबुकले सिंगापुरका नागरिकलाई नयाँ सूचना जारी गर्न थालेको छ। प्रयोगकर्ताले गर्ने फेसबुक पोष्टको मुनी नयाँ कानुनबारे जानकारी दिन थालिएको छ। यसको साथै फेसबुकले एक प्रयोगकर्तालाई उनको पोष्ट सिंगापुरको कानुन अनुसार फेक न्यूजमा पर्ने भन्दै सन्देश पठाएपछि फेसबुकको तिव्र विरोध भइरहेको छ।
नागरिकको अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने सरकारको योजनामा साथ दिएको भन्दै अधिकारकर्मीहरुले फेसबुकको विरोध गरेका हुन्।