काठमाडाै जाडो मौसममा अमला सेवनका विशेष फाइदाहरु छन्। अमलाको सबैभन्दा ठुलो गुण भनेको यसलाई पकाएपछि पनि यसमा समावेश भिटामिन सी यथावत रहन्छ। अमलामा क्रोमियम बढि मात्रामा हुन्छ। अमला हरियो होस् अथवा ताजा अथवा सुकाएको भए पनि यसको गुण कहिल्यै कम हुँदैन।
अमला धेरै गुणकारी हुन्छ। तर जाडोमा यसको सेवन गर्दा विशेष फाइदा हुन्छ। अमलाको सेवनले रुघा(खोकी, छाला, नेत्र रोग तथा केशका लागि अति उपयोगी टनिक हो।
अमलाका फाइदाहरु ः
१. मोटोपन कम गर्न चाहानु हुन्छ भने विहान खाली पेटमा महसँग अमलाको रस एक गिलास मनतातो पानीसंग सेवन गर्नुपर्दछ।
२. तपाईलाई एसीडिटीको समस्याले ग्रस्त हुनु हुन्छ भने एक ग्राम अमलाको धुलो र अलिकति चिनी एक गिलास पानी अथवा दुधमा मिलाएर पिउनु पर्छ।
३.अमला सेवन गर्नाले चिसोको कारण हुने रुघाखोकीबाट छुट्कारा पाइन्छ।
४. अमलाको जूसमा मह मिलाएर पीउनाले मोतिबिन्दुको समस्या भएकाहरुलाई फाइदा प्राप्त हुन्छ।
५.अमलाले हाम्रो पाचनतन्त्र र मृगौलालाई पनि स्वस्थ राख्छ।
६.अमलाको सेवनले केश र्झन कम हुन्छ, यसले केशको जरालाई बलियो प्रदान गर्छ।
७. यदि कब्जियतको समस्या छ भने अमलाको सेवन यसको लागि फाइदाजनक हुन्छ।
८.मुटुलाई स्वास्थ बनाउनको लागि जाडो मौसममा दिनहुँ अमला खाने बानी बसाल्नु पर्छ।
९.अमला डाइबिटीजको समस्या भएको व्यक्तिको लागि पनि अति लाभकारी हुन्छ। वास्तवमा यो क्रोमियम इन्सुलिन बनाउने सेल्सहरुलाई एक्टिभेट गर्छ र यो हार्मोन्सको काम शरीरमा ब्लड शुगरलाई नियन्त्रण गर्नु हो।
१०. जाडो मौसममा बिहान खानामा अमलाको अचार सेवन गर्नाले तपार्इं वर्षभरि नै स्वस्थ रहनु हुन्छ।