काठमाडाैँ– देशकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले दक्षीण एशियाली खेलकुद–सागका खेल हेर्न रंगशाला आउने सबै दर्शकलाई निःशूल्क वाईफाई दिने भएको छ। कम्पनीले खेल हुने स्थानहरु दशरथ रंगशाला, पोखराको रंगशाला र जनकपुरको रंगशालामा खेल अवधिभर फ्री वाईफाई उपलब्ध गराउने भएको हो।
दशरथ रंगशालामा ४० हजार, पोखरा र जनकपुरमा ३० र ३० हजार दर्शक सहभागी हुने अनुमानका साथ सोही क्षमतामा निःशूल्क वाईफाईको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
१५ गतेदेखि २४ गतेसम्म रंगशाला आउने दर्शकले वर्ल्डलिंकको निःशूल्क वाईफाइको आनन्द लिन सक्ने वर्ल्डलिङ्कका निर्देशक लक्ष्मण यादवले जानकारी दिए।