तस्वीरः अनलाइन खबरबाट
काठमाडौं–चलचित्र ‘झिंगे दाउ’ को छायांकन खोटाङको हलेसीमा सकिएको निर्माणपक्षले जानकारी दिएको छ। चलचित्रको निर्देशन ज्ञानेन्द्र देउजाले गरेका छन्। हलेसीमा छायांकन सकेर यसको टिम भकुन्डेवेसीमा तयार भएको सेटमा काम गरिरहेको छ।निर्देशक देउजाले भने–‘हामीले हलेसीमा निकै राम्रोसँग काम सकेका छौ।
भकुेन्डे बेसीको लोकेशनमा पनि राम्रो काम हुने आशा छ।’ उनले चलचित्रको कथाले मागे अनुसारको लोकेशन र सेट तयार पार्न कुनै कसर बाँकी नराखेको बताए। यसैविच, चलचित्रमा नायिका आँचल शर्माको गेटअप बाहिरिएको छ। चलचित्रमा नायिका शर्मा फरक गेटअपमा देखिएकी छिन्। स धैनै आधुनिक पहिरनमा चलचित्रमा देखिदै आएकी शर्मा यसपटक भने गाउँकी यूवतीको भूमिकामा छिन्।
आँचलको यो गेटअपलाई दर्शकले मन पराउने अपेक्षा गर्न सकिन्छ। किनकि उनले सधैं गर्दै आएको भूमिका भन्दा उनी विल्कुलै नयाँ भूमिकामा प्रस्तुत भएकी छिन्। चलचित्रमा मुकुन भुषाल, केकी अधिकारी लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।