वासिङ्टन — अमेरिकाको साउथ डाकोटास्थित जहाज दुर्घटना हुँदा नौजनाको मृत्यु भएको छ भने तीनजना घाइते छन्।
‘पिलाटस पिसी–१२’ नामको जहाज उड्ने क्रममा दुर्घटनामा परेको हो। चम्बरलेन एयरपोर्टबाट २ किलोमिटर पर मात्रै दुर्घटना भएको अमेरिकी संघीय उड्डयन प्रशासनले जनाएको छ। मृत्यु हुनेमा बालबालिका पनि छन्।
सिङ्गल इन्जिनको उक्त जहाजमा पाइलट सहित जम्मा १२ जना सवार थिए। अमेरिकी मिडियाका अनुसार दुर्घटनामा बाँच्ने तीनजालाई उपचारका लागि सिआक्स फल्स अस्पताल लगिएको छ।