काठमाडौं–नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्मा अहिले सर्वाधिक रुचाईएका जोडी हो। यतिबेला उनीहरु सिलगुडीमा छन्। यी दुई कलाकार चलचित्र ‘संझना विर्सना’ को छायांकनमा व्यस्त छन्। सिलगुडीसँगै चलचित्रको छायांकन दार्जि्लिङ्ग, सिक्किममा हुनेछ।
यो चलचित्रलाई निमेष प्रधानले निर्देशन गरिरहेका छन्। चलचित्रको छायांकन सुरु भएपछि चलचित्रमा नायिका छुल्ठिम गुरुङको प्रवेश भएको छ। पूजा र आकाशसँगै छुल्ठिम पनि चलचित्रको मुख्य भूमिकामा रहेको निर्माणपक्षले बताएको छ। आदित्य प्रधान र रेविका प्रधानले निर्माण गरिरहेको यो चलचित्रको कथावस्तुको बिषयमा भने कुनै जानकारी गराइएको छैन । आदित्य फिल्मस्को ब्यानरमा निर्माण भैरहेको यो चलचित्रलाई शिव ढकालले खिचिरहेका छन्।
पूजा र आकाशले अभिनय गरेको पछिल्लो चलचित्र ‘पोई पर्यो काले’ हलमा रिलिज भैरहेको छ। यो चलचित्रले नेपालमा राम्रो व्यापार गरेको छ। नायिका छुल्ठिम गुरुङ भने निरन्तर असफल चलचित्रका कारण समस्यामा छन्। उनलाई, ‘संझना विर्सना’ ले राहत दिने अपेक्षा गर्न सकिन्छ।