काठमाडाैँ– मोबाइल सेवा प्रदायक एनसेलले ‘मेरो प्लान’ अफर ल्याएको छ। कम्पनीले ‘मेरो प्लान’ अन्तरगत आफ्ना प्रिपेड ग्राहकका लागि डेटामा आकर्षक बोनस अफर ल्याएको र त्यति नै डाटा बोनसमा युट्युब भिडियो हेर्न पाउने भएका हुन्।
यो योजना १३ मंसिरदेखि लागु भएको कम्पनीले जनाएको छ। यस योजना अन्तर्गत मेरो प्लान लिएका एनसेलका प्रिपेड ग्राहकले निश्चित बोनस डेटा भोलुम प्राप्त गर्नेछन् र प्राप्त भोलुमबाट युट्युब तथा आईफ्लीक्समा निःशुल्क भिडियो हेर्न तथा गुगल म्याप, जिमेल तथा गुगलका अन्य सेवाहरु प्रयोग गर्न सक्नेछन्।
सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता अनुरुप यो योजना ल्याइएको एनसेलले जनाएको छ। कम्पनीको मेरो प्लान अन्तर्गत प्रिपेड ग्राहकले डेटा बोनसका अतिरीक्त अन नेट अर्थात एनसेल नेटवर्क भित्र भ्वाइस र एसएमएस सेवा पनि सुलभ दरमा पाउनेछन्।
प्लान १९९ र प्लान २९९ नाम दिइएको यो अफर सुचारु गर्ने ग्राहकले बोनसमा एक जिबी र तीन जिबी डेटा प्राप्त गर्नेछन्। त्यसैगरी प्लान ४९९ र प्लान ७९९ सुचारु गर्ने ग्राहकले बोनसमा ६ जिबी र १५ जिबी डेटा प्राप्त गर्नेछन् भने प्लान ९९९ सुचारु गर्नुहुने ग्राहकले थप २५ जिबी डेटा बोनसमा प्राप्त गर्नेछन्।
ग्राहकले *320# डायल गरी प्राप्त निर्देशन अनुसार मेरो प्लान सुचारु गरी एनसेलको यो अफरको फाइदा उठाउन सक्नेछन्।