एजेन्सी– माइक्रो ब्लगिंग साइट ट्विटरले विगत ६ महिनादेखि निष्क्रिय रहेको ट्विटर एकाउन्टहरु बन्द गर्ने योजना हालका लागि रोकेको छ। कम्पनीको सो घोषणाको विरुद्धमा यूजर्सको निकै गुनासोपछि हालका लागि सो योजना रोकेको हो।
सामाजिक संजाल ट्विटरले अब आफ्नो प्लेटफर्ममा भएका यूजर्समध्ये मृत्यु भएका यूजरको एकाउन्टलाई मेमोरियलाइजिंग प्रकृया नभएसम्मका लागि कुनैपनि एकाउन्टहरु नहटाउने बताएको छ।
यसअघि कम्पनीले निष्क्रिय एकाउन्टहरुमा एक्सन लिर्ने कारणमा नियमनकारी सँग सम्बन्धित रहेको बताएको थियो। कम्पनीले युरोपेली संघमा यो एक्सन सबैभन्दा पहिले लागू गर्ने बताएको थियो। टिुुवरले यूरोपको जनरल डाटा प्रोटेक्सन रेगुलेसन(जिडिपिआर)अन्तरगत निष्क्रिय एकाउन्टहरु हटाउन लागेको स्पष्ट पारेको थियो। तर अब कम्पनीले क्षमा माग्दै सबै पोष्टहरु राखिने बताएको छ।
ट्विटरले फेसबुकमा भएको मृतकहरुको एकाउन्टलाई सम्झनामा राख्न सकिने जस्तै टूल तयार पार्ने जनाएको छ।