काठमाडौं– स्कुटर अफ द इयरको अवार्ड बिजेता टीभीएस एनटर्क १२५ को रेस एडिसनको नेपाली बजारमा बुकिङ्ग खुलेको छ। नेपाली बजारमा लोकप्रिय रहेको एनटर्क १२५ को रेस अडिसन नेपाली बजारमा प्रतिक्षित स्कुटर रहेको छ।
अक्टोवर १८ र १९ मा भारतको गोवामा सम्पन्न भएको टीभीएस माटो शोल २०१९ मा नयाँ एनटर्क २०२० को प्रदर्शनी गरिएको नयाँ एनटर्कले उक्त मोटो शोलमा आगन्तुकको ध्यान आर्कषण गर्न सफल भएको थियो। एनटर्क रेस भर्सन भारतको गोवामा सम्पन्न मोटो शोल २०१९ मा प्रदर्शन गरिएको यो स्कुटर नयाँ बर्षलाई लक्षित गरेर सार्वजनिक गर्ने तयारी कम्पनीले जनाएको छ।
हाल हेलोजीन हेडल्याम्प रहेको स्कुटरमा अझै धेरै भिजिवलिटी सहितको नयाँ डिजाइनको एलइडी हेडल्याम्पमा दिइएको छ। एनटर्क १२५ फेसलिफ्ट नयाँ एलइडी सेटअपमा रहेको छ। एनटर्कको रेगुलर मोडलमा रहेको टी सेप टेलल्याम्पलाई नयाँ मोडलमा समेत निरन्तरता दिइएको छ। आर्कषक डिजाइनमा दिइएको डे–टाइम रनिङ एलइडी हेडल्याम्पले यो स्कुटरलाई अझै स्पोर्टी बनाएको छ।
सार्वजनिक भएको छोटो समयमा एक लाखको माइलस्टोन पुरा गरेको यो स्कुटरले सुजुकी एसेस, होन्डा ग्राजिया जस्ता स्कुटरसँग प्रतिस्पर्धा गरिरहेको छ। कम्पनीले एनटर्क १२५ मा कुनै मेकानिकल परिर्वतन भने गरेको छैन।
टीभीएस एनटर्क १२५ मा १२४.७ सीसी सिगंल सिलिन्डर, एयर कूल्ड इन्जिन रहेको छ। यसले ९.५ पीएस तथा १०.५ एनएम टर्क जेनेरेट गर्छ। यसमा स्मार्ट एक्सकनेक्ट द्धारा ब्लुटुथ कनेन्ट गरी कल डिटेल, जीपीएस जस्ता फिचरको प्रयोग गर्न सकिन्छ।
नयाँ फेसलिफ्टको मूल्य २ लाख ४५ हजार रुपैयाँ रहने अनुमान गरिएको छ। यद्यपी कम्पनीले अबको केही दिनमा यसको मूल्य टुङ्गो लगाउने जानकारी दिएको छ।