काठमाडौं— १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत काठमाडौंमा हुने खेलको आइतबार (आज) औपचारीक उद्घाटन भएको छ।
कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी लगायत चोलेन्द्रशमशेर राणा, इश्वर पोखरेल, युवराज खतिवडा, पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, गणेश तिमलसिना, जगतबहादुर विश्वकर्मा लगायतको उपस्थिती रहेको छ।
दक्षिण एसिया ओलम्पीक परिषदका अध्यक्ष जिवन राम श्रेष्ठले उद्घाटनका त्रममा बोल्दै १३ औँ साग खेल तेस्रो पटक फेरी घरेलु मैदानमा आयोजन हुँदा गर्भ महशुस गरेको बताएका छन्। १९८४ मा काठमाडौंमा भएको यो भव्य साग खेल तेस्रो पटक फेरी घरेलु मैदानमा आयोजना भएको जनाए।
काठमाडौं पोखरा र जनकपुरधाममा हुन लागेको सो खेल नेपाल ओलम्पीक कमिटि र दक्षिण एसिया ओलम्पिक परिषदको सहयोगमा सम्पन्न भएको भन्दै धन्यवाद व्यक्त गरेका छन्।
१२ औँ दक्षिण एसिया साग ग्वाती र सिवन मा भए पश्चात नेपालमा आयोजना भएको १३ औँ दक्षिण एसिया खेलकुद साग मनाउन एउटै छतमुनि भेला भएको बताएका छन्। उनले नेपाली खेलाडिहरुलाई शुभकामना व्यक्त गर्दै आफ्नो देशको नाम उच्च राख्ने र धेरै पदकहरु जित्ने आश रहेको बताएका छन्।
साथै उनले गौतम बुद्ध जन्मेको देश र विश्वकै अग्लो सगरमाथा रहेको देशमा भ्रमण वर्ष सफल पार्नको लागि बिदेशी पर्यटकलाई आमन्त्रण गरेका छन्। नेपालमा भएको साग खेलको अनुभव लगेर आफ्नो राष्ट्रमा व्यक्त गर्न अनुरोधसमेत गरेका छन्।
आजदेखी औपचारीक रुपमा सूरु हुन लागेको साग खेल प्रतियोगिता २४ गतेसम्म चल्नेछ।