तस्वीरः अनलाइन खबरबाट
एजेन्सी– नेपाली फिल्म अवार्ड विदेशमा वितरण गरिने प्रचलन बढ्दो छ। केही दिन अगाडि जापानमा आयोजित ‘सूर्य इन्टरनेशनल फिल्म अवार्ड’ मा नायक अनमोल केसीले ‘पपुलर एक्टर’ को अवार्ड जितेका थिए। त्यसको केही दिनपछि उनले अमेरिकामा अर्को अवार्ड जितेका छन्। अमेरिकामा आयोजना भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ मा नायक केसीले ‘स्टार अफ दि इयर’ को अवार्ड जितेका हुन्।
नेपाली चलचित्र क्षेत्रका चर्चित अनुहारहरुको उपस्थितीमा यो अवार्ड आयोजना भएको थियो। अवार्डमा सहभागी हुन नायक राजेश हमाल, भूवन केसी, अनमोल केसी, नायिकाहरु नम्रता श्रेष्ठ, वर्षा राउत, स्वेता खड्का, दीपिका प्रसाई लगायत अमेरिकामा पुगेका छन्। ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हरेक बर्ष अमेरिकामा आयोजना हुँदै आएको छ। नेपाली चलचित्रका नाममा आयोजना हुने अवार्डको पछिल्लो समयमा क्रेज खस्कदै गएको छ।
यस्तो अवस्थामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ ले कत्तीको महत्वपूर्ण अर्थ राख्छ, यो भने हेर्न बाँकी छ। तर, यो अवार्डमा सहभागी हुन अमेरिका पुगेका अधिकांश कलाकारले अवार्ड भने जितेका छन्।