दाङ– शनिवार सम्पन्न भएको दाङ क्षेत्र नम्बर–३ को (ख) को उपचुनावमा नेकपा विजय भएको छ।
नेकपाकी बिमलाकुमारी खत्रीले आफ्नो निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशवराज शर्मालाई ५ हजार १०४ मतले हराएकी छन्।
उनले २४ हजार २८६ मत ल्याएर जीत हात पारेकी हुन् भने नेपाली कांग्रेसका केशवराज शर्माले १९ हजार १८२ मत ल्याए।
यसअघि २०७४ सालको चुनावमा उक्त क्षेत्रबाट नेकपा विजय भएको थियो।