दोलखा– दोलखा जिल्लाको भीमेश्वर नगरपालिका वडा नं ५ मा रहेको तामाकोशी किनारमा रहेको घर टहरा भत्काउन शुरु भएको छ।
जिल्ला प्रशासन कार्यालय दोलखाले पटके सूचना प्रकाशन गरी उक्त घर टहरा हटाउने म्याद जारी गरेको थियो। त्यसपछि स्थानीयवासी आफैँले बस्ती हटाउने काम शुरु गरेका हुन्।
यही मङ्सिर ९ गतेदेखि घर टहरा हटाउने काम शुरु गरिएको हाल तामाकोशी किनारमा अस्थायी रुपमा बसोबास गर्दै आएका भीमेश्वर – ९ का राम तामाङले जनाए।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अनुसार आफूहरुले बल प्रयोग गर्नु अगाडिनै बस्ती हटाउन सहयोग मिलेको छ।