काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) नेपालले पहिलो पदक हात पारेको छ। कराँतेको महिला एकल काँतातर्फ नेपाली खेलाडी चन्चला दनुवारले रजत दिलाएकी छिन्।
सोमबार सातदोबाटोस्थित कराँते हलमा खेलमको फाइनलमा पाकिस्तानकी साहीदासँग पराजित भएकी हुन्। तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा श्रीलंकाकी हेत्तीले भुटानकी सोनामलाई पराजित गरिन्। बंगलादेशकी अख्तरले पनि कास्य जितिन्।
त्यसअघि पहिलो चरणमा चन्चला समूह ए बाट शीर्षस्थानमा रहँदै फाइनल प्रवेश गरेकी थिइन्। चन्चलाले आफ्नो समूहमा रहेकी भुुटानकी सोनाम ल्हामो र बंगलादेशकी हुमाइरा अख्तरलाई हराएकी थिइन्।