धरान – धरान उपमहानगर पालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राई विजयी भएका छन्।
नेकपाका उम्मेदवार प्रकाश राईलाई करिब २७९५ सय मतले पछि पार्दै तिलकले जित हात पारेका हुन्। तिलकले २६,७०९ मत प्राप्त गरी जित हात पारेका हुन्। नेकपाका प्रकाश राईले २३,९१४ मत पाए।
२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट निर्वाचत तारा सुब्बाको निधन भएपछि उपनिर्वाचन भएको हो ।