काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) नेपालले दोस्रो स्वर्ण हात पारेको छ। नेपालको लागि पहिलो स्वर्ण मन्डेकाजी श्रेष्ठले दिलाएका थिए भने दोस्रो स्वर्ण तेक्वान्दोका कमल श्रेष्ठले दिलाएका छन्।
कमलले भारतका राहुल जैनलाई पछि पार्दै स्वर्ण जितेका हुन्। कमलले ८.२७० अंक ल्याउँदै स्वर्ण जितेका हुन । भारतका राहुलले ८.२०० अंक लिए। श्रीलङकाका निसासंकासे आसिंगेले कास्य जितेका छन् । उनले ८.०६० अंक प्राप्त गरे।
त्यसअघि कृष्ण बहादुर तामाङले १७ देखि २३ वर्ष उमेर समूहमा रजत जिते। उनले ८.२५० अंक जोड्दा श्रीलंकाका रौनुका प्रभातले ८.२५० अंक ल्याउँदै स्वर्ण जिते। भारतका लाल्थला मुआनपुआ ८.०९० अंक सहित तेस्रो भएका छन्।