काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) को महिला क्रिकेटमा शनसनीपूर्ण प्रदर्शन गर्दै नेपालकी अन्जलीले विश्व किर्तिमान बनाएकी छिन्।
तीब्र गतिकी बलर अन्जलीले ४ ब्याट्सम्यानलाई क्याच आउट र २ लाई बोल्ड आउट गर्दै अन्जलीले २.१ ओभरमा २ मेडन कुनै रन नदिइ ६ विकेट लिइन्। नेपालको बलिङ आक्रमणविरुद्ध माल्दिभ्सका ९ जना खेलाडीले खाता खोल्न सकेनन्। अन्जलीले नवौं ओभरको पाँचौ र छैटौं तथा ११ औं ओभरको पहिलो बलमा विकेट लिदै ह्याट्रिक पुरा गरेकी थिइन्।
यो विश्व टी–२० महिलामा हालसम्मकै सर्वोउत्कृष्ट प्रर्दशन हो। यस अघि मलेसियाकी मास अलिसाले ४ ओभरमा १ मेडन सहित ३ रन खर्चेर ६ विकेट लिइकी थिइन्।