दाङ– दाङ क्षेत्र नं ३ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वा्चित विमला खत्री (वली) आफू सधैँ जनताको पक्षमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो।
मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाबाट आज विजयीको प्रमाणपत्र लिएपछि खत्रीले आफूलाई पश्चिमका जनताले अमूल्य मत प्रदान गरी विजयी बनाएकामा धन्यवाद दिएका छन्।
उनले भने, ‘आफूलाई जनताले आफ्ना दिवंगत श्रीमान् उत्तरकुमार वलीको सपना पूरा गर्ने जिम्मेवारी सुम्पेका छन, म जिम्मेवारीलाई पूरा गरेर छाड्नेछु।’
उनले मतदानमा सहभागी मतदाता, सुरक्षामा खटिने सम्पूर्ण सुरक्षा निकाय, मतदान अधिकृत कार्यालयमा प्रमुख तथा प्रतिनिधि, सरकारका सबै तहका कर्मचारी, पार्टीका नेता तथा कार्यकर्ता, सञ्चारकर्मी तथा सबैलाई धन्यवाद दिएका छन्।
सो अवसमा प्रजिअ गोविन्दप्रसाद रिजालले बधाई तथा सफलताको शुभकामना दिएका छन्। (रासस)