काठमाडौं– खाना पकाउने क्रममा ग्यास सिलिण्डर पड्किँदा एक जना घाइते भएका छन्।
घाइते हुनेमा काठमाडौं–५ स्थित हाँडीगाउँ जोगी कुटी मार्गमा डेरा गरी बसेका भारतीय नागरिक १८ वर्षीय प्रदीपकुमार कुशवाह रहेका छन्।
काठमाडौं प्रहरी परिसर, टेकुले घटना आइतबार रातिको भएको बताएको छ। उनी महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचाररत छन्।
थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।