एजेन्सी–बलिउडकी चर्चित नायिका प्रियंका चोपडाले अमेरिकी गायक निक जोनससँग विवाह गरेको आज एक वर्ष पूरा भएको छ। पहिलो वर्षगाँठमा प्रियंका र निकले सोसल मिडियामा एक अर्कालाई शुभकामना आदनप्रदान गरेका छन्। प्रियंकाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफू दुलही भएको फोटो पोष्ट गर्दै लेखिन्, ‘मेरो वचन.. त्यतिबेला..आज...सधैंका लागि । तिमीले मलाई आनन्द, सन्तुलन, उत्साह, जोश...सबै कुरा एकैपटक दियौ। मलाई खोजेकोमा धन्यवाद। पहिलो वर्षगाँठको शुभकामना श्रीमान्। साथै, हरेक ती व्यक्तिलाई धन्यवाद जसले हामीलाई प्रेम र आशिर्वाद दिनुभयो। हामी अत्यधिक खुसी छौं।’
लिंककाे लागि यहाँ क्लीक गर्नुस
मनैदेखि प्रेम गर्छु तिमीलाईः
निक जोनसले पनि आफ्नो सोसल मिडिया अकाउन्टमा क्रिश्चियन वेडिङको तस्बिर सेयर गरेकी छिन्। साथै उनले लेखेका छन्, ‘एक वर्षअघि हामी सधैंका लागि एक अर्काको भयौं। म तिमीलाई मनैदेखि प्रेम गर्छु प्रियंका, विवाहको वर्षगाँठको शुभकामना।’
लिंककाे लागि यहाँ क्लीक गर्नुस
प्रियंका चोपडालाई माराकेच इन्टरनेशनल फिल्म फेस्टिबलले उनको उपलब्धिलाई सम्मानित गर्ने घोषणा गरेका छ। यो सम्मान ऐतिहासिक स्थल जेमा एल फना स्क्वायरमा दिइनेछ। कुनै भारतीय सेलिब्रिटीलाई उक्त फेस्टिबलमा व्यक्तिगत रुपमा सम्मानित गरिएको यो पहिलो घटना हुनेछ। यस्तै निक जोनर र जोनस ब्रदर्सको गीत ‘सकर फर यू’ पनि ग्रामी अवार्डस् २०१९ को क्याटगरी विशेषमा नोमिनेट भएको छ।