उदयपुर– कोशी टप्पु वन्यजन्तु आरक्ष बाट आएको जंगली हात्तीले त्रियुगा चुरे क्षेत्र आसपासका बसोबासमा आतंक मच्चाएको छ।
हात्तीको आतंकबाट त्रियुगा नगरपालिका–१ जोगिदह, मोथियाही, खैजनपुर र सोनुवा भुल्के क्षेत्रमा किसानको धानबाली,तरकारी खेति नष्ट गर्नुका साथै घरहरुमा पनि क्षति पु¥याएको छ। चार वटा वयस्क र दुई वटा बच्चा सहित ६ हात्तीको समुह रहेको स्थानिय बासिन्दाले जानकारी दिए।
त्रियुगा नगरपालिका जोगिदह बैरागी टोलमा घरको टाटी भत्काएको, धान नष्ट, तरकारी खेति नष्ट, मकैको थाङ्नो, परेवाको खोर, उखु, केरा जस्ता नष्ट गरेको स्थानिय बासिले बताए। यस्तै खैजनपुर, भुल्के, सनुवातिर थुर्पै घरमा क्षति पु¥याएको छ।
शनिबार राति पनि केही घरमा क्षति पुर्याएको विवरण प्राप्त भएको छ। त्रियुगा नगरपालिका १, २ र ३ मा शुक्रबार र शनिबार राती देखि स्थानीयहरु जाग्रम बस्दै आगो बालेर हात्ती खेदेर रात काटी रहेको स्थानिएहरुले बताए । उनीहरुका अनुसार विगतका वर्षमा पनि हात्तीको आतंक थियो यस वर्षपनि हात्तिको आतंक कायमै रहेको बताएका छन्।
यस्तै शनिबार राति डिभिजन वन कार्यालय उदयपुरका टोलीले सोनुवा, मोथियाही लगायतका स्थानमा हात्तीलाई धपाउने काम भएको डिभिजन वन कार्यालय गाईघाटका सूचना अधिकारीले जानकारी दिए। सुचना अनुसार मानविय क्षति नभएपनि दर्जन बढीको धानबाली नष्ट गरेको गुनासो स्थानिय बासीले दुःख व्यक्त गरेका छन्।