काठमाडाैँ– वानप्लसको फ्ल्यागसीप स्मार्टफोन ‘वानप्लस सेभेन टी प्रो’ नेपाली बजारमा सार्वजनिक भएको छ। स्न्यापड्रयागन ८५५ अक्टा कोर प्रोसेसर राखिएको स्मार्टफोन भर्खरै नेपाली बजारमा सार्वजनिक भएको हो।
६.६७ इञ्च कर्निङ गोरिल्ला ग्लास युक्त फ्ल्यिुड एमलोड डिस्प्ले भएको यो फोनमा स्न्यापड्रयागन ८५५ अक्टा कोर प्रोसेसर राखिएको छ। ७ एनएम एन्डरोनो ६४० चिपसेट रहेको फोनमा एन्ड्रोइड १०.० र अक्सिजन ओएस १०.०.४ रहेको छ। वानप्लस सेभेन टी प्रोमा स्टोरेजका लागि दुई सय ५६ जीबी यूएफएस ३.० स्टोरेज र ८ जीबी एलपीडीडीआरफोरएक्र्स याम रहेको छ।
सुरक्षालाई मध्यनजर गर्दै वानप्लस सेभेन टी प्रो मा ०.२८ सेकेण्डको फेस अनलक र अन्डर डिस्प्ले फिङ्गरप्रिन्ट रहेको छ। फोनमा ४ हजार ८५ एमएएच क्षमताको ब्याट्री रहेको छ। मोटोराइज्ड पप अप १६ एमपी फ्रन्ट क्यामेरा रहेको फोनमा ४८ मेगा पिक्सेलको मूख्य क्यामेरा राखिएको छ।
त्यसका साथै १६ एमपी अल्ट्रावाईड, ८ एमपी, तीन गुणा अप्टिकल जुम, पीडीएएफ, लेजर एएफ, ओआईएस डुअल एलईडी फ्ल्यास, एचडीआर र पानारोमा जस्ता विशेषता समेत यसमा रहेका छन्। नेपाली बजारमा यसको मूल्य ९९ हजार नौं सय ९९ रुपैंया रहेको कम्पनीले जनाएको छ।