काठमाडौं– १३ औँ दक्षिण एशियाली खेलकुद (साग)मा ट्रायथलनमा ऐतिहासिक स्वर्ण पदक जितेको नेपालले स्वर्ण पदकको सङ्ख्या छ पु¥याएको छ। नेपालले करातेमा तीन, तेक्वान्दोमा दुई र ट्रायथलनमा एक स्वर्ण जितेको हो।
नेपालका लागि करातेका मण्डेकाजी श्रेष्ठले एकल काता र टिम कातामा गरी दुई स्वर्ण जितेका छन्। त्यस्तै नेपालले महिला टिम काता, तेक्वान्दोमा २३ देखि २९ वर्ष पुरुष एकल पुम्से र २३ वर्षमुनि विधामा महिला एकल पुम्सेमा स्वर्ण जितेको हो।
तेक्वान्दोको २३ वर्षमुनिको महिला एकल पुम्से विधामा नेपालकी सीना मादेनले स्वर्ण जितेकी छन्। त्यस्तै २३ देखि २९ वर्ष उमेर समूहको एकल पुम्से विधामा नेपालका कमल श्रेष्ठले स्वर्ण पदक जितेका हुन्। उनले भारतका राहुल जैनलाई हराएर स्वर्ण जितेका हुन्। मण्डेकाजी श्रेष्ठले स्वर्ण जितेपछि नेपालले करातेबाट पहिलो स्वर्ण पदक प्राप्त गरेको थियो। पुरुष एकल कातामा मण्डेकाजी श्रेष्ठले फाइनलमा सोमवार पाकिस्तानी खेलाडी नियमातुल्लाहलाई पराजित गरेका हुन्।
श्रेष्ठले २६.७२ अङ्क प्राप्त गरे भने नियमातुल्लाहले २४.९२ अङ्क प्राप्त गरेका थिए। उनले महसुस तामाङ र प्रविन महर्जन सम्मिलित टिमबाट पनि स्वर्ण जिते। करातेमा महिला टिम कातामा नेपालले स्वर्ण जितेको हो। करातेको महिला टिम कातामा स्वर्ण जित्ने टोलीमा निर्मला तामाङ, सङ्गीता मगर र सरु कार्की रहेका छन्। महिलातर्फको एलिट स्प्रीन्ट प्रतिस्पर्धामा नेपालकी सोनी गुरुङले एक घण्टा १३ मिनेट ४५ सेकेण्डमा निर्धा्रित दुरी पुरा गर्दै स्वर्ण जितेकी हुन्। उनले भारतीय खेलाडीलाई १५ सेकेण्डले पछाडि पारिन्।
त्यस्तै नेपालले करातेमा दुई र तेक्वान्दोमा एक स्वर्ण पदक जितेको छ। पोखरामा भएको ट्रायथलन प्रतिस्पर्धामा गुरुङले भारतका दुई खेलाडीलाई पछाडि पारेकी थिइन्। पुरुष ट्रायथलनमा नेपालका बसन्त थारुले कास्य पदक जिते। भारतीय खेलाडी आदर्श सिनीवालले यसमा स्वर्ण जितेका छन्। बीबीसी