एजेन्सी– स्मार्टफोन निर्माता कम्पनी वानप्लसले आफ्ना मोबाइलफोन प्रयोगकर्ताको डाटा चोरी भएको जनाएको छ। कम्पनीले आफ्ना नयाँ प्रयोगकर्तालाई इमेलमा ‘सेक्युरीटी अलर्ट’ पठाउनुका साथै आफ्नो आधिकारीक वेबसाइटमार्फत सचेत रहन आग्रह समेत गरेको छ।
अहिले कम्पनीले अनाधिकृत पक्षले अनलाइन स्टोरमार्फत सामान अर्डर गरेको र अर्डर गर्दा प्रयोग भएको जनकारी पत्ता लगाएको र कम्पनीको वेभसाइट अनाधिकृत पक्षले एक्सेस पाइरहेको उल्लेख छ। तर, भुक्तानीको जानकारी र अकाउण्टको विषयमा भने एक्सेस नपाइसकेको कम्पनीको दाबी छ।
कम्पनीका अनुसार हाल प्रयोगकर्ताको नाम, स्थान र फोन नम्बर र इमेल एकाउण्टमा भने ह्याकरले एक्सेस पाएको बताइएको छ। यो विषयमा कम्पनीले अनुसन्धान गरिरहेको जनाएको छ।
कम्पनीको सुरक्षाको विषयमा यसअघि पनि धेरै पटक प्रश्न उठ्दै आएको थियो। गत वर्षमात्रै वनप्लस प्रयोगकर्ताको क्रेडिटकार्डको सूचना चोरी भएको थियो। स्मार्टफोनको दुनियामा उत्कृष्ट स्मार्टफोन बनाउने ब्राण्डको रुपमा आफुलाई स्थापित गर्न सफल वानप्लस सुरक्षाको हिसाबमा भने सधै पछि पर्दै आएको हो।