काठमाडाैँ– अनर स्मार्टफोन बिक्री गर्दै आएको क्रातोस टेक्नोलोजीज प्रालिले आफ्नो नयाँ अनर ९एक्स स्मार्टफोन सार्वजनिक गरेको छ। कम्पनीकाअनुसार ठूलो स्क्रीन मनपराउने र सेल्फी खिच्न चाहने ग्राहकहरुलाई लक्षित गरेर यो स्मार्टफोन ल्याईएको हो।
कम्पनीले सार्वजनिक गरेको यो स्मार्टफोन १०८०x२३४० पिक्सेलको रिजोल्यूशन रहेको छ। अनर नाइन एक्समा ६.५९ इन्चको फूलएचडी प्लस डिस्प्ले राखिएको छ भने यसमा प्रिमियम ग्लसी ब्याक डिजाइनमा एक्स सेपको प्याटर्न रहेको छ। अनर ९एक्स स्मार्टफोन सापिरे ब्लू कलरमा उपलब्ध हुनेछ। अनर ब्राण्डमा आएको यो स्मार्टफोनमा फूलभ्यू डिस्प्ले र पप अप फ्रन्ट क्यामरा राखिएको छ।
फोनमा ४,००० एमएएचको ब्याट्री ब्याकअप रहेको छ भने १० वाट चार्जिंग सपोर्ट गर्दछ र एन्ड्रोयड ९.० मा आधारित ईएमयूआई ९.१ मा संचालन हुन्छ। फोनमा ४जी भोल्टे, वाईफाई, ब्लूटूथ ४.२, जीपीएस प्लस ग्लोनास, यूएसबी टाइप सी पोर्ट, र ३.५ एमएमको अडियो ज्याक रहेको छ।
फोटोग्राफीका लागि सो स्मार्टफोनमा ट्रिपल क्यामरा सेटअप रहेको छ भने यसको मुख्य क्यामरा ४८ मेगापिक्सेलको छ, साथै ८ मेगापिक्सेल प्लस २ मेगापिक्सेलको क्यामरा रहेको छ। सेल्फीका लागि १६ मेगापिक्सेलको फ्रन्ट पप अप क्यामरा राखिएको छ।
फोनको पछाडिको भागमा फिंगरप्रिन्ट सेन्सर पनि राखिएको छ। अनरको सो नयाँ स्मार्टफोनमा हिसिलिकन किरिन ७१०एफ अक्टा कोर प्रोसेसर रहेको छ भने यसमा माली जी५१ एमपी४ जीपीयू रहेको छ। स्मार्टफोनमा ६जीबी र्याम र १२८ जीबी स्टोरेज रहेको छ भने यसको स्टोरेजलाई बढाएर ५१२ जीबीसम्म पुर्याउन सकिन्छ।
क्रातोस टेक्नोलोजीज प्रालिका अनुसार अनर नाइन एक्स स्मार्टफोनको मूल्य २९ हजार ९९० रुपैयाँ तोकिएको छ।